spot_img

ताजा अपडेट

जुनियर फुटबल प्रतियोगिताको उपाधी ठोरीले उचाल्यो

काबिल सम्वाददाता
    वीरगन्ज
एकदशक अगाडीबाट प्याव्सन पर्साले सुरु गरेको जुनियर फुटवल प्रतियोगिता २०८२ सम्पन्न भएको छ । गएको माघ १० गतेदेखि वीरगन्जमा जारी प्रतियोगितामा शुक्रबार सम्पन्न भएको हो ।
कुल २१ विद्यालयका २१ टीम बीच भएको जुनियर फुटबल प्रतियोगिता २०८२ को प्रतिस्पर्धाबाट पर्साको ठोरी एकेडेमीले उपाधी उचालेको छ । वीरगन्जको चर्चित मुनलाईट मा.वि.को टिमलाई ट्राइब्रेकरमा स्तव्ध पार्दै ठोरी एकाडेमी टिमले २०८२ को उपाधी आफ्नो पोल्टामा पारेको हो ।
वीरगन्ज महानगरपालिका भित्रका २० टिम र पर्साको सुदूरपश्चिममा रहेको ठोरी गाउँपालिकाको एउटा मात्र सहभागी टीममा महानगर क्षेत्रका सबै टिमलाई पछि पार्दै ग्रामिण पालिका ठोरीको पाहुना टिमले नगद ८ हजार राशी सहितको उपाधी चुमेको हो । फाइनल खेलको निर्धारित समयमा दुवै तर्फका खेलाडी गोल रहित बराबरीमा रोकिए । फलतः टाइब्रेकरमा ठोरी एकेडेमीले वीरगन्जको मुनलाईट माविलाई ३–२ गोलले पराजित गर्दै उपाधि सुनिश्चित ग¥यो । खेलको म्यान अफ दी म्याच पनि ठोरी एकेडेमीका असिन थापा घोषित भए । ठोरीको जर्सी नम्बर ४, ९ र १४ का खेलाडीले ट्राइब्रेकरमा प्रहार गरेको गोलले जाली चुम्यो । जर्सी नम्बर १० र ११ ले प्रहार गरेको गोल भने परिणम बिहिन भयो ।
उता प्रतिस्पर्धी वीरगन्जको मुनलाईट मा.वि.का खेलाडी जर्सी नम्बर ९ र ७ ले प्रकार गरेको गोलले मात्र जाली चुम्यो । मुनलाईटका जर्सी नम्बर ५, ८ र १७ का खेलाडीले हानेको गोलले जानी नचुमेपछि उपाधी भिडन्तमा मुनलाईट टीम उपविजेतामा स्तव्ध भयो ।
मेन अफ दी म्याच र बेष्ट गोलकिपर एउटै
खेलको मेन अफ दी म्याच र बेष्ट गोलकिपर ठोरी एकेडेमीका जर्सी नम्बर १४ का अशिन थापा घोषित भए । उनलाई नगद सहित प्रमाण पत्र र पदक प्रदान गरियो । खेलको बेष्ट स्ट्राइकर पनि ठोरी एकाडेमीकै जर्सी नम्बर १० का यबेश राई घोषित भए । उनलाई पनि नगद १ हजार ५ सय सहित सम्मान गरिएको थियो ।
उपविजेता टिमका खेलाडी पनि उत्कृष्ट  
उपविजेता (फष्ट रनर अफ) मुनलाईट मा.वि.को टिमलाई पनि ६ हजार नगद सहित ट्रफी र प्रमाण पत्र तथा पदक प्रदान गरियो । खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने मुनलाईट मा.वि.का जर्सी नम्बर ५ का विश्वास महतोलाई एक हजार ५ सय नगद सहित पदक र प्रमाण पत्र प्रदान गरियो । मुनलाईट मा.वि.कै जर्सी नम्बर ४ का आशिस थापा मगर मेन अफ दी सिरिज र हाइ स्कोरर पनि मुनलाईट मा.वि.कै जर्सी नम्बर ९ का प्रिन्स आले मगर घोषित भए । उनीहरुलाई पनि नगद र पदक सहित सम्मान गरिएको छ ।
विकन मा.वि. २०८२ को तेस्रो 
शुक्रबार भएको प्रतियोगितामा विकन माविले एसआर ग्यालेक्सी एकेडेमीलाई १–० गोलले पराजित गर्दै तेस्रो स्थान सुरक्षित ग¥यो । सो खेलका उत्कृष्ट खेलाडी विकन माविका रेहान खान घोषित भएका थिए । एसआर ग्यालेक्सी एकेडेमी चौथो स्थानमा सिमित रह्यो । प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्ने टिमलाई क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैया नगद, मेडल, प्रमाणपत्र र ट्रफी तथा चौथो स्थान प्राप्त गर्ने ग्यालेक्सी एकेडमीको टिमलाई सम्मान गरिएको प्याव्सन पर्साका अध्यक्ष सरोज चौधरीले बताए । उत्कृष्ट खेलाडीहरूलाई बल, बुट, शिल्ड, क्याप र नगद रु. १ हजार ५ सय सहित सम्मान गरिएको उनको भनाइ छ ।
प्रतियोगिताको समापनमा फुटबल क्षेत्रमा योगदान पु¥याएका पर्साका उत्पादन एन्फाका प्रशिक्षक गृष्ममणि शाक्यलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश प्रहरी कार्यालय वीरगन्जका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले शाक्यलाई सम्मान गरेका थिए ।
प्याव्सन ११ र मिडिया ११ का बीच पनि मैत्रीपूर्ण खेल
प्रतियोगिता समापनका क्रममा प्याव्सन ११ र मिडिया ११ बीच पनि रोमाञ्चक मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । सो खेलमा पनि निर्धारित समयमा दुवै तर्फबाट ३‐३ गोल भयो । मिडिया टिमलाई हाफ टाइम पूर्व प्याव्सन टिमले ३‐० बनाइ स्तव्ध बनाएको थियो । हाफ टाइम पछिको खेलमा मिडिया ११ ले सम्हालिदै खेल्दा पहिलो गोल तुलसी भण्डारी गरेर आफ्नो टिमलाई लयमा तान्ने प्रयास गरेका थिए । लगत्तै अर्को गोल मिडिया टिमकै अर्जुन गुप्ताले थपेपछि प्याव्सन टिम दबाबमा पर्न थालेको थियो । अन्तिमको ४ मिनेट बाँकी छँदा पुनः सकसपूर्ण गोल गर्न मिडिया टिम सफल भएपछि दुबै टिमको परिणाम बराबरी भयो । अन्ततः ट्राइब्रेकरकै सहारामा सो मैत्रीपूर्ण खेलको पनि नतिला लिनु परेको थियो । नतिजा मिडिया ११ को पोल्टामा आउन सकेन । अन्ततः प्याव्सन ११ ले ३‐२ गोलले मिडिया ११ लाई रोक्दै उप बिजेतामा सिमित गरेको थियो । विजेता र उपविजेता दुबै टिमलाई ट्रफी सहित सम्मान गरिएको थियो ।
प्रतियोगिताको समापनमा मुख्य अतिथि नेपाल प्रहरीको मधेश प्रदेश प्रहरी कार्यालय, वीरगन्जका प्रमुख प्हरी बरिष्ठ उपरिक्षक शान्तिराज कोइराला, प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. हरिशंकर साह, केन्द्रीय सदस्य छेडुप लामा, मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमद, जिल्ला वरिष्ठ उपाध्यक्ष प्रकाश उपाध्याय, जिल्ला प्राज्ञिक सल्लाहकार श्याम केसी, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, एन्फा पर्सा अध्यक्ष अनिल कुमार कलवार, प्रेस चौतारीका केन्द्रीय सदस्य, पर्सा इन्चार्ज तथा राजधानी दैनिकका मधेश व्यूरो प्रमुख तुलसी भण्डारी, पत्रकार महासंघका पूर्व उपाध्यक्ष युवराज खड्का, पत्रकार महासंघ मधेश प्रदेशका पूर्व सदस्य जगत राई, प्रेस सेन्टरका प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, चौतारी पर्साका सदस्य अर्जुन गुप्ता, लगायत ठूलो संख्याका संचारकर्मीहरुको पनि प्रतियोगितामा सहभागीता रहेको थियो ।
विगतको गौरवलाई निरन्तरता 
प्रतियोगिता विगतको गौरवलाई अक्षुण राख्न राष्ट्रिय तथा अन्तराष्ट्रियस्तर खेलाडी उत्पादन गर्ने लक्ष्य सहित संचालन गरिएको प्याव्सन पर्साका सचिब अशोक संग्रौला र कोषाध्यक्ष सुशिला साहले बताए । अग्रजहरुले सुरु गरेको राम्रो कामको वर्तमान कार्य समितिले पनि निरन्तरता दिएको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ