spot_img

ताजा अपडेट

जेनजी आन्दोलनमा पर्सामा ४० करोड ४१ लाख क्षति पुष्टि

काबिल सम्वाददाता
वीरगन्ज 
जेनजी समूहले गएको भदौ २३ र २४ गते सुशासन र भ्रष्टाचारलगायत वेथिति न्यूनिकरणको माग राखी गरेको आन्दोलन उग्र हुँदा हुँदा पर्सा जिल्लामा मात्र कुल ४० करोड ४१ लाख १० हजारको क्षति भएको एकिन तथ्य पाइएको छ । जेनजी आन्दोलनका नाममा सरकारी कार्यालय, गैर सरकारी कार्यालय र व्यक्तिका घर समेत तोडफोड, लुटपाट र आगजनीको निसानामा परेपछि पर्सामा मात्र यत्रो क्षति भएको एकिन तथ्य फेला परेको हो ।

पर्सामा क्षतिको प्रारम्भिक तथ्याँक संकलन गर्दा ४०‐४५ करोडजतिको क्षति आँकलन गरिदै थियो । योजना आयोगको गहन अनुगमनपछि संकलित गरेको तथ्याँकले पर्सामा कुल ४० करोड ४१ लाख १० हजार क्षति भएको तथ्य संकलन गरेको जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्याँकले पुष्टि गरेको छ । घटनाको वास्तविक तथ्याँक खोजी गर्दै पर्सामा पनि राष्ट्रिय योजना आयोगको टिम आइपुगेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले बताए । यो टिमले न्यूनतम १० हजारसम्मको क्षति संकलन गरेको पाइएको छ ।

आन्दोलनका क्रममा भएको क्षतिको संकलित तथ्याँकमा वीरगन्ज महानगरपालिका र नेपाली कांग्रेसका नेता अनिल रुँगटाका तीनवटा घर तोडफोड, लुटपाट र आगजनी हुँदा सबैभन्दा बढि १३–१३ करोडको क्षति भएको तथ्याँकमा समेटिएको छ । संकलित तथ्याँकमा सबैभन्दा बढिदेखि सबैभन्दा कम १० हजारसम्मको पनि क्षतिको विवरण समेटिएको तथ्याँकले देखाएको छ ।

पर्सामा सरकारी कार्यालयतर्फ ११ वटा, व्यक्तिका घर ७ वटा र प्रहरी चौकी तथा युनिटहरु ९ वटामा तोडफोड, लुटपाट र आगजनी गरी क्षति पुगेको विवरणमा उल्लेख छ । जेनजी आन्दोलनका नाममा आन्दोलनकारीले व्यक्तिका घर पनि नछोड्नु यो निकै हिंस्रक आन्दोलन भएको बुद्धिजिबीहरुको ठम्याई छ । आन्दोलन यस्तो हुनु दूर्भाग्यपूर्ण र खेदजनक पनि भएको उनीमध्ये केहीले टिप्पणी गरे ।

घटनाका समयमा स्थानीयस्तरमा क्षतिको विवरण संकलन समितिको संयोजक समेत रहेका जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले कार्यालय मार्फत उपलब्ध गराएको योजना आयोगकै ठोस तथ्याँकमा निम्न विवरण उल्लेख गरिएको छ ।

व्यक्तिका घरमा भएको क्षतिको विवरण
१) अनिल रुँगटा (नेपाली काँग्रेसका नेता) तीनवटा भवन, इलेक्ट्रोनिक्स, फर्निचर, गरगहना र नगद गरी कुल १३ करोड ।

२) राजेशमान सिंह (वीरगन्ज महानगरपालिकाका मेयर) आगजनी र लुटपाटबाट भवन, इलेक्ट्रोनिक्स सामान, फर्निचर, गरगहना र नगद गरी कुल ३ करोड ।

३) राजकुमार गुप्ता (पूर्वमन्त्री) पूर्ण आगजनी र लुटपाटबाट भवन, इलेक्ट्रोनिक्स सामान, फर्निचर, गरगहना र नगद गरी कुल २ करोड ।

४) प्रदिप यादव (पूर्व खानेपानी मन्त्री) आगजनी र लुटपाटबाट भवन, इलेक्ट्रोनिक्स सामान, फर्निचर, गरगहना र नगद गरी कुल २ करोड ।

५) अजय चौरसिया (पूर्वकानून मन्त्री) पूर्ण आगजनी र लुटपाटबाट भवन, इलेक्ट्रोनिक्स सामान, फर्निचर, गरगहना र नगद गरी कुल २ करोड ।

६) लालबाबु राउत गद्दी (पूर्व प्रदेश मुख्यमन्त्री) आगजनी र लुटपाटबाट भवन, इलेक्ट्रोनिक्स सामान, फर्निचर, गरगहना र नगद गरी कुल १ करोड ।

७) अनोज चौधरी –अध्यक्ष जिराभवानी गा.पा.) आगजनी र लुटपाटबाट भवन, इलेक्ट्रोनिक्स सामान, फर्निचर, गरगहना र नगद गरी कुल ४० लाख ।

सरकारी कार्यालयमा भएको क्षतिः

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

१) वीरगन्ज महानगरपालिका, आगजनी, तोडफोड र लुटपाटबाट इलेक्ट्रोनिक्स सामान, सवारी, फर्निचर लगायत जिन्सी गरी कुल १३ करोड ।

२) आन्तरिक राजश्व कार्यालय आगजनी तोडफोड र लुटपाटबाट इलेक्ट्रोनिक्स सामान, सवारी, फर्निचर लगायत जिन्सी गरी कुल ६० लाख ।

३) नेपाल टेलिकम वीरगन्ज शाखा, आगजनी, तोडफोड र लुटपाटबाट इलेक्ट्रोनिक्स सामान, सवारी, फर्निचर लगायत जिन्सी गरी कुल २ करोड ।

४) वीरगन्ज महानगरपालिका वडा नं.१० को कार्यालय, तोडफोड, आगजनी र लुटपाटबाट इलेक्ट्रोनिक्स सामान, सवारी, फर्निचर लगायत जिन्सी गरी कुल १३ करोड । इलेक्ट्रोनिक्स सामान, फर्निचर लगायत जिन्सी गरी कुल ६ लाख ।

५) वीरगन्ज महानगरपालिका वडा नं.२६ को कार्यालय, आगजनी, तोडफोड र लुटपाटबाट इलेक्ट्रोनिक्स सामान, मोटरसाइकल, फर्निचर लगायत जिन्सी गरी कुल १० लाख ।

६) वीरगन्ज महानगरपालिका वडा नंं. १४ को कार्यालय, आगजनी, तोडफोड र लुटपाटबाट इलेक्ट्रोनिक्स सामान, फर्निचर लगायत जिन्सी गरी कुल ३ लाख ।

७) जिरा भवानी गाउँपालिका कार्यालय, आगजनी, लुटपाट र तोडफोडबाट इलेक्ट्रोनिक्स सामान, फर्निचर लगायत जिन्सी गरी कुल ५० लाख ।

८) वीरगन्ज कारागार कार्यालय, तोडफोट, लुटपाट र आगजनीबाट इलेक्ट्रोनिक्स सामान, फर्निचर लगायत जिन्सी गरी कुल ३ लाख ।

९) बाल सुधार गृह, पर्सा, वीरगन्जमा आगजनी, तोडफोड र लुटपाटबाट इलेक्ट्रोनिक्स सामान, फर्निचर लगायत जिन्सी गरी कुल ७ लाख ।

१०) पोखरिया नगरपालिका पोखरिया, पर्सा, आगजनी, तोडफोड र लुटपाटबाट इलेक्ट्रोनिक्स सामान, फर्निचर लगायत जिन्सी गरी कुल १५ लाख ।

११) उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज, आगजनी, तोडफोट र लुटपाटबाट मोटरसाइकल, इलेक्ट्रोनिक्स सामान, फर्निचर लगायत जिन्सी गरी कुल २० लाख ।

प्रहरी कार्यालय तथा युनिटहरुमा क्षति
१) इलाका प्रहरी कार्यालय सुगौली, बिर्ता, आगजनी तथा तोडफोडबाट कुल १० लाख ।

२) प्रहरी चौकी गण्डक, वीरगन्ज, आगजनी तथा तोडफोडबाट ३ लाख ।

३) प्रहरी चौकी खेस्राहा, पर्सामा तोडफोडबाट १ लाखको क्षति ।

४) अस्थायी प्रहरी पोष्ट घण्टाघर, वीरगन्ज, आगजनी तथा तोडफोडबाट कुल ३ लाख ।

५) अस्थायी प्रहरी पोष्ट पार्वती, वीरगन्ज, आगजनी तथा तोडफोडबाट कुल २ लाख ।

६) अस्थायी प्रहरी पोष्ट रानिघाट, वीरगन्ज, तोडफोडबाट कुल १ लाख ।

७) अस्थायी प्रहरी पोष्ट इनर्वा गाउँ, वीरगन्ज, तोडफोडबाट कुल २ लाख ।

८) सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिनसिटी आदर्शनगर, वीरगन्ज, आगजनी र तोडफोडबाट ५ लाख ।

९) सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया, वीरगन्ज, तोडफोडबाट १० हजार ।

आफ्ना माग राख्नु र राज्यलाई सोच्न बाध्य पार्नु स्वभाविक हो । तर आन्दोलनका नाममा राज्यको सम्पति र व्यक्तिको घरद्वार नै लुटपाट, तोडफोड गर्नु र आगजनी समेत गर्नु राम्रो संकेत नभएको स्थानीय बुद्धिजिबीहरुको तर्क छ । उनीहरुले नाम उल्लेख गर्न भने मानेनन् । समाजमा वास्तविक कुरा बोल्न पनि अपाच्य जस्तो भएपछि नाम सार्वजनिक गर्न ठिक नहुने उनीहरुको गुनासो पनि छ । यता एमाले कांग्रेसका पार्टी कार्यालयहरु तोडफोड भएको तथ्याँक चाही योजना आयोगको टोलीले पनि नसमेटेको यहाँका राजनीतिक दलका अगुवाहरुले पनि गुनासो गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ