दियो सकारात्मक सन्देश
काबिल सम्वाददाता
वीरगन्ज
‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने मूल नारा सहित वीरगन्ज बचत तथा ऋण सहकारी संस्था (विस्को) लि.ले आफ्नो २७ औं बार्षिक साधारण सभा गरेको छ । २०५६ सालमा पर्साको वीरगन्जमा स्थापना भएको ‘विस्को’ लिमिटेडले अढाइदशकभन्दा लामो कार्यसम्पादन सम्पन्न गर्दै सहकारीको गतिलो सन्देश छोडेदै २७ औं वार्षिक साधारण सभा गरेको हो ।
सर्वसाधारणको रकम ठग्नकै लागि आर्थिक नगरी वीरगन्जको मुटु आदर्शनगरमा सानो पाइला बचत तथा ऋण सहकारी संस्था संचालन गरी मुलुकमा डुङडुङ गन्हाउने हर्कत गरेको रवि लामिछाने÷छवि र जीबी राईहरु जस्ताको सन्देश विपरित विस्को लिमिटेडले सहकारीहरु ठग्ने मात्र नभई राम्रा पनि छन् भन्ने सकारात्मक सन्देश पनि दिएको छ ।
पर्सामै संस्थाको आफ्नै भवनबाट सेवा प्रवाह गर्ने पहिलो सहकारी विस्को निरन्तर अढाइदशक सेवा संचालन पार गर्ने सहकारी संस्थाको इतिहास रच्न सफल हुनु नै यत्तिकै सवल पक्ष नभएको कार्यक्रमका वक्ताहरुले बताए । आकर्षक कुरा गरी प्रचार गर्नेभन्दा संस्थाको कार्यान्वयन पक्ष दरिलो बनाउँदै कुशल छाप छोडेको विस्को लिमिटेड हाँक्ने संस्थाका संचालक समितिले १० वर्षे दीर्घकालिन योजना लक्ष्य सहितको कार्य सम्पादन गर्नु नै यसको सवल पक्ष भएको विस्कोको संचालक समितिले तर्क गरेको छ ।
विस्कोको ‘२०८९ मिसन’
नेपालका राजनीतिक दलहरु कुनै दीर्घकालीन मिसन बनाउँदैनन् । बनाइहाले मिसन २०८४ सम्म भन्छन् । देश हाँक्नेको त दीर्घकालिन योजना नभएको समयमा विस्कोले भने २०८९ सम्मको लक्ष्य २०७९ मा नै निर्धारण गरेको पाइएको हो । १० वर्षे मिसन अंंगिकार गर्दै मिसन २०८९ निर्दिष्ट गरिएको विस्को लिमिटेडको संचालक समितिका अध्यक्ष डिल्ली बिक्रम कार्कीले काबिल खबरसँग बताए । पहिले नै हामी १० बर्ष पछिको लक्ष्य लिएर हिड्छौंं, नत्र प्रतिस्पर्धामा टिक्न कठिन हुन्छ उनले भने ।
चालु आर्थिक वर्षका लागि पनि यो संस्थाले कर्जाको दुरुपयोग गर्ने सदस्यलाई समितिको उपसमितिमा समेत बस्न नपाउने गरी नीति अबलम्बरन गर्ने लगायत विभिन्न १४ वटा लक्ष्य बनाएको पाइएको छ । उनीहरुका उद्देश्यमा महिला सदस्यहरुको क्षमता अभिवृद्धि तथा रोजगारी सृजनाको लागि आवश्यक सीपमूलक तालिम दिने पनि उल्लेख गरिएको छ ।
संस्थाले ग¥यो एक वर्षमा ३७ लाख ९ हजार नाफा
बिषम परिस्थितिका वावजुद पनि वीरगन्जको लिंक रोडमा आफ्नै भवनमा संचालित विस्को सहकारीले कुल ३७ लाख ९ हजार ४ सय ९१ रुपैया नाफा गर्न सफल भएको संस्थाको २७ औं साधारण सभामा संस्थाका गोविन्द प्रसाद श्रेष्ठले प्रस्तुत गर्नु भएको प्रतिवेदन जनाइएको छ । गएको आर्थिक वर्ष ६० करोड ६७ लाख ५९ हजार ९ सय ३९ रुपैया निक्षेप संकलन भएको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसै गरी बचत फिर्ता तर्फ ५६ करोड ३४ लाख ८९ हजार ३ सय ३४ रुपैया र कर्जा लगानी तर्फ १२ करोड ११ लाख ८९ हजार र कर्जा असुली तर्फ पनि १६ करोड ३३ लाख ९७ हजार ४ सय ८८ रपैया रहेको संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सुरुबाट अब्बल
सुरुदेखि संस्थासँग जोडिएर रहेका वीरगन्जका बरिष्ठ बालरोग विशेषज्ञ डा श्यामसुन्दर दासले संस्थाले सर्वसाधारणलाई सकारात्मक सन्देश दिएको बताए । यो संस्थाको तडक भडक छैन । निरन्तर सकारात्मक काम मात्र छ उनले भने ।
वीरगन्जका चर्चित बालरोग बिशेषज्ञ अर्का बरिष्ठ डा अशोक दासले पनि आकर्षक कुरा गर्ने र चिप्ला कुरा गर्ने सहकारीको विश्वास गर्न नहुने सबैसामु बताए । वीरगन्जकै एउटा सहकारीले मेरो समेत पैसा खाएर भाग्यो, कति पैसा खायो त्यो चाही म अहिले भन्दिन’ भन्दै डा. दासले विस्कोको साधारण सभामा अरु सहकारीबाट ठगिनेको आफ्नै पनि उदाहरण पेश गर्दै चिप्ला कुरा गर्ने र आकर्षण नारा दिनेका पछाडी पर्न नहुने सुझाव दिए । वीरगन्जबाट भागेका सानो पाइला सहकारी (रवि लामिछाने/जिबी संचालक) र प्राइम बचत तर्फ उनले लक्षित गर्दै उक्त कुरा बताएका थिए ।

विस्कोले समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति ज्येष्ठ नागरिक र असल कारोवार गर्ने सेवाग्राहीलाई पनि विभिन्न उपहार सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । सहकारी मैत्री उज्वल घिमिरेले सहजीकरण गरेको विस्को लिमिटेडको २७ औ बार्षिक साधारण सभामा संस्थाका संस्थापक विनोद कुमार प्रधान, बालरोड बिशेषज्ञहरु डा.श्यामसुन्दर दास, डा अशोक दास, इन्सेक पर्साका प्रतिनिधि तथा राजधानी दैनिकका मधेश प्रमुख, मानव अधिकार रक्षक संजाल मधेश प्रदेश सदस्य र प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य पर्सा इन्चाज समेत रहेका तुलसी भण्डारी, संस्थाका पूर्व अध्यक्ष प्रवेश प्रसाद अमात्य लगायतले संस्थाको अझ उन्नति प्रगतिका लागि शुभकामना दिए । उनीहरुले सो क्रममा अब्बल हुनलाई कार्यसम्पादन नै चुस्त दूरुस्त हुन पर्नेमा जोड दिए । सेवाग्राहीहरुलाई पनि हल्ला र प्रचारका पछाडी नपरी संचालक समितिको स्तरलाई हरेर पनि कारोबार गर्नपर्ने सुझाव दिए । संस्थाका अध्यक्ष डिल्ली बिक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रम पछि संचालक समितिको नयाँ कार्य समिति निर्माण पनि गरिने संस्थाले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

