spot_img

ताजा अपडेट

लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकारः मुख्यमन्त्री यादव

काबिल सम्वाददाता
वीरगन्ज
लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले दावी गरेका छन् । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले आफू वर्तमान संविधान अनुसार मुख्यमन्त्री बनेको पनि दावी गरेका हुन् ।
मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको उनको संचारकर्मी सामु स्पष्ट भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएको उनले बताए । उनले मधेसका समस्या समाधान गर्न सबै राजनीतिक दलको सहयोग आवश्यक भएको पनि तर्क गरे । मुख्यमन्त्री यादवले विध्वंसात्मक गतिविधि त्याग्न सम्बद्ध पक्षलाई अनुरोध गर्दै वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई पनि अनुरोध गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ