काबिल सम्वाददाता
वीरगन्ज
बाराको पथलैया–निजगढ सडकखण्ड स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गतको १२ किलोमा सोमबार हात्तीको आक्रमणबाट एकजना ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरका ४० वर्षीय राजकुमार चौधरी रहेका बारा
प्रहरीले पुष्टि गरेको हो ।
वन क्षेत्रबाट राजमार्गमा निस्किएको जङ्गली हात्तीले ना ४ ख १८३० नम्बरको ट्रकका चालक चौधरीलाई आक्रमण गरेको बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए । ज्यान जोगाउन ट्रकबाट ओर्लिएर भागेका चौधरीलाई राजमार्गदेखि केहीभित्र जङ्गलमा हात्तीले आक्रमण गरेको उनले जनाए ।
घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक तामाङ, डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झासहित सुरक्षा निकायका प्रमुखहरु हात्ती प्रभावित क्षेत्र पुगेको स्थानीयले जनाए । हात्ती जङ्गल पस्ने र राजमार्गमा निस्कने गरेका कारण दिनभर सो क्षेत्रको यातायात सेवा प्रभावित बनेको पनि स्थानीयको भनाइ छ । हात्तीलाई धपाउन अनेकौँ प्रयास गरे पनि सफलता नमिलेको सुरक्षाकर्मीहरुको तर्क छ । हात्ती जङ्गल पसेका बेला सुरक्षाकर्मीको सहयोगमा रोकिएका सवारीसाधनलाई पठाउने गरिएको प्रहरी उपरीक्षक तामाङले बताए ।
हात्तीले आइतबार रातिदेखि नै उक्त क्षेत्रमा उपद्रो मच्चाइरहेको र राजमार्गमा राति करिब १० बजे हात्ती देखिएपछि नेपाली सेना, नेपाल प्रहरीको टोलीले राति नै भगाएको थियो । डिभिजन वन कार्यालयका प्रमुख झाले हात्ती नियन्त्रणमा लिन चितवनबाट विज्ञ टोली आउँदै गरेको जनाए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रवक्ता एवं ट्राफिक प्रहरी नायब उपरीक्षक वकिल सिंहले हात्तीका कारण राजमार्गमा यातायात सेवा प्रभावित भइरहेको पनि स्वीकारे ।

प्रतिक्रिया लेख्नुहोस्