काबिल सम्वाददाता
वीरगन्ज
शारीरिक सुन्दरता र सु–स्वास्थ्यको लागि जीम जानेहरुलाई वीरगन्जमा सुविधा सम्पन्न नयाँ ‘कोर फिटनेश स्टुडियो’ संचालनमा आएको छ । वीरगन्ज ८ स्थित घण्टाघर–रेलवे सडकखण्डमा (जयदुर्गा हल नजिक) नयाँ सुविधा सम्पन्न फिटनेश स्टुडियो संचालनमा आएको हो ।
काडियो विथ वेट लिफ्टिङ्ग अभ्यास, इनभारमेण्ट मेशिन सहित न्यू लुकमा वीरगन्जमा भव्य फिटनेश स्टुडियो संचालन गरिएको संचालक गुड्डु रौनियारले बताए । एक पटकमा ३० देखि ४० जनासम्मले एकै पटक शारीरिक अभ्यास गर्न सक्ने गरी सेवा संचालन गर्न थालेको उनको भनाइ छ ।
वीरगन्जमा योभन्दा अगाडी यस्ता फिटनेश सेन्टरहरु नखुलेका होइनन् । तर सेवा संचालनका दृष्टिकोणले यो अझ आधुनिक किसिमका सामग्री सहित समय सापेक्ष ढंगले सेवा दिने गरी अझस्तरीय ढंगले फिटनेश स्टुडियो संचालनमा ल्याएको संचालकको दावी छ ।
स्टुडियोको केही समयपछि विधिवत उद्घाटन गर्ने पनि संचालकले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

