spot_img

ताजा अपडेट

कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार अन्सारी पक्राउ

काबिल सम्वाददाता

वीरगन्ज

कर्तव्य ज्यान मुद्दामा १ वर्ष कैद र रू. १० हजार जरिवाना तोकिएपछि फरार कसुरदार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । २०७८।०१।०३ गते ५ः०० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१७ अलौ बस्ने वर्ष २२ की रबिना खातुनलाई दाईजोको बिषयलाई लिएर मानसिक यातना तथा कुटपिट गरी हत्या गरी साहजिम मियाँँ अन्सारी फरार भएका थिए ।

रबिना खातुनलाई कुटपिट तथा कर्तव्य गरी हत्या गरेको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका उनी वीरगंज महानगरपालिका वडा नं.१७ कै हुन् ।  २५ बर्षीय साहजिम मियाँ अन्सारीलाई कार्तिक १३ गते बिहिबार बिहान पक्राउ गर्न सफल भएको पर्सा प्रहरीले जनाएको छ । बिशेष सूचना आधारमा प्रहरीले पक्राउ गर्न सफल भएको पर्साका प्रहरी नाउव उपरिक्षक हरि बहादुर बस्नेतले बताए । अन्सारी उनकै घरबाट पक्राउ परे उनले भने । पक्राउ परेका अंसारीलाई पर्सा जिल्ला अदालतमा बुझाइने उनलको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ