काबिल सम्वाददाता
वीरगन्ज
फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन ऐतिहासिक कदम चालेको भन्दै वीरगन्ज महानगरपालिकाले सम्झौता गरेको छ। सोमबार वीरगन्ज महानगरपालिका कार्यालय, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्या नेपाल प्रा।लि। बीच करिब चार करोड रुपैयाँको लगानीमा सञ्चालन हुने फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौता अनुसार, महानगरको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा पूर्ण रूपमा निजी लगानीमा फोहोर प्रशोधन प्लान्ट निर्माण गरिने वीरगन्ज महानगरपालिकाको दावी छ। निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगन्ज महानगरपालिकालाई हस्तान्तरण गरिने सम्झौता पत्रमा उल्लेख भएको वीरगन्ज महानगरका प्रेस सल्लाहकार नवराज फूयालले बताए । सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठ र जिरो वेस्ट इनिसिएटिभ नेपालका प्रतिनिधिले हस्ताक्षर गरेको उनको भनाइ छ ।
सम्झौता पश्चात् प्रतिक्रिया दिँदै वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले “वीरगन्जलाई फोहोरमुक्त र हरित शहर बनाउने हाम्रो दीर्घकालीन लक्ष्य हो। यो परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ युगको सुरुवात गर्नेछ। अब फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढ्दैछ” भने ।
महानगरले विगतदेखि नै फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको छ। हाल शहरका सडक, चोक र सार्वजनिक स्थलहरू सफा राख्न सफल भएको छ। यही अभियानलाई थप सशक्त बनाउन डम्पिङ साइटमा निर्माण हुन लागेको नयाँ फोहोर प्रशोधन प्लान्टले शहरभरिबाट संकलित फोहोरबाट प्लास्टिक छुट्याएर पुनःप्रयोगमा ल्याउने र जैविक फोहोरबाट मल उत्पादन गर्ने व्यवस्था मिलाइने पनि महानगरप्रमुख सिंहको दावी छ।
यो सम्झौताले फोहोर व्यवस्थापन प्रणालीमा ऐतिहासिक फड्को मार्ने, प्लास्टिकजन्य फोहोर नियन्त्रणमा सुधार ल्याउने र वातावरण संरक्षणमा स्थायी योगदान पुर्याउने पनि वीरगन्ज महानगरपालिकाको अपेक्षा छ।
सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी महर्जनले “यो परियोजना सम्पन्न भएपछि वीरगन्ज ‘फोहोरमुक्त, स्वच्छ र हरित शहर’ बन्ने दिशामा ठोस र दीर्घकालीन कदम हुने दावी गरे । हाम्रो उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत यो लगानी गरेको हो। नाफामुखी व्यापारसँगै हामी समाज र वातावरण दुवैप्रति उत्तरदायी रहन चाहन्छौं” उनले भने ।

प्रतिक्रिया लेख्नुहोस्