spot_img

ताजा अपडेट

विश्वकप क्रिकेट ः युएईमाथि नेपालको कठिन जित

काबिल सम्वाददाता
वीरगन्ज
नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटको सुपर सिक्सको पहिलो खेल मा जित निकालेको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ–१ मा आईतबार भएको खेलमा नेपालले युएईलाई एक रनले पराजित गर्दै जित आफ्नो पोल्टामा पारेको हो ।
नेपालले जितका लागि १४१ रनको लक्ष्य युएईलाई दिएको थियो । लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा बनाउन सकेपछि नेपाल एक रनले विजयी भएको छ ।
युएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त हुन सकेन । उनले तीन चौका र पाँच छक्काको मद्दतमा ५८ रन बनाए । यसैगरी ध्रुव पराशरले १८ बलमा ३२ रन बनाए भने जोनाथन फिगीले १९ रन बनाए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिँदा गुल्सन झा, सन्दीप लामिछाने र सोमपाल कामीले समान एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफ शेखले ४७ बलमा ५१ रन बनाए । यस्तै, कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० तथा गुल्सन झाले १४ रन बनाए ।
युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान एक–एक विकेट लिए । नेपालले दोस्रो खेल सोबार कतारसँग खेल्नेछ । सो खेल नेपाली समय अनुसार सोमबार बेलुका ८ः४५ बजे हुने जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ