काबिल सम्वाददाता
वीरगन्ज
जेनजी आन्दोलनले ओझेल परेको हैजाको महामारी अवस्था सामान्य भएपछि न्यूनिकरण गर्ने तर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कस्सिएको छ । डेड महिनासम्म हैजाको श्रोत पत्ता नलागेको समयमा स्वास्थ्य तथा जनसंख्या कार्यालय सबै जनतालाई खोप खुवाएर न्यूनिकरणमा जुटेको हो ।
आईतबार असोज २६ बाट सुरु भएको खोप खुवाएने अभियानमा पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हैजा विरुद्ध खोप खाएर औपचारिक रूपमा अभियानको शुभारम्भ गरिएको छ । खोप सेवन योग्य रहेकोले सबै उमेर समूहका व्यक्तिहरूले खानु पर्ने उनले सुझाव पनि दिएका छन् । खोप खाएर आफू र परिवारलाई सुरक्षित राख्न उनको सबैलाई सुझाव पनि छ ।
पर्सा र बारा जिल्लामा डेढ महिनादेखि फैलिएको हैजा र झाडापखालाको महामारी नियन्त्रण गर्न नेपाल सरकारले आइतवारदेखि खोप अभियान सुरू गरेको छ। स्वास्थ्य कार्यालय पर्साका अनुसार, असोज २६ देखि कात्र्तिक २ गतेसम्म सञ्चालन हुने अभियानमा पर्सा जिल्लाका ६ लाख ५५ हजार जनालाई इयूभिकोल–एस खोप दिइने लक्ष्य रहेको छ। यो खोप १ वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिहरूलाई दिइनेछ। खोप अभियानका लागि पर्साका १४ स्थानीय तहमा १ हजार ९५० खोप केन्द्र स्थापना गरिएको पनि जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ। यी केन्द्रहरू सरकारी तथा निजी अस्पताल, विद्यालय, सरकारी कार्यालय, धार्मिक स्थल, बसपार्क, नेपाल–भारत सीमा नाका, उद्योग–कलकारखानालगायत स्थानमा रहेका छन्।
अभियानलाई सफल बनाउन १ हजार ५ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ५० जना स्वास्थ्यकर्मी गरी कुल १ हजार ८ सय ९४ जनशक्ति परिचालन गरिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अभियानले महामारी नियन्त्रणमा निर्णायक भूमिका खेल्ने दावी गरे । उनका अनुसार, खोपले हैजाबाट प्रत्यक्ष सुरक्षा दिने भएकाले महामारी रोकथाममा ठूलो राहत मिल्ने उनको भनाइ छ।हैजाको संक्रमण अझै सक्रिय, स्रोत पत्ता लाग्न सकेन ।
गत भदौ ६ गते वीरगंजमा पहिलो पटक तीन जनामा हैजाको संक्रमण देखिएको थियो। असोज २३ गतेसम्म पर्सामा २ सय ४५ जनामा संक्रमण पुष्टि भए पनि सबै निको भएर घर फर्किसकेका छन् । तर संक्रमणको मूल स्रोत अझै पत्ता लाग्न सकेको छैन, यद्यपि अहिलेसम्म हैजाबाट कसैको मृत्यु भएको छैन। अभियानको उद्घाटन कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतम, चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा। मनोज कुमार गुप्ता, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरीका प्रमुख प्रहरी उपरीक्षक पूरणचन्द्र भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की लगायतले पनि खोप लिएर अभियानमा सहभागीता जनाएका छन् । डा। गुप्ताले खोपको कुनै साइड इफेक्ट नरहेको र सबैले निर्धक्क सेवन गर्न सक्ने पनि दावी गरेका छन् । डा। गौतमले भने तिहारअघि नै सबै लक्षित स्थानीय तहमा अभियान सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए।पर्सासँगै बारा जिल्लामा असोज २९ गतेदेखि हैजा विरूद्धको खोप अभियान शुरू हुने भएको छ। प्रारम्भिक चरणमा बाराका ६ पालिकामा कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर खोप केन्द्रित रूपमा सञ्चालन गरिने पनि जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्