काबिल सम्वाददाता
वीरगन्ज
छिमेकी जिल्ला बाराको सिम्रौनगढ नगरपालिका–६ मा पानीटंकी नजिक माटोको ढिस्कोले पुििरएर दुर्ईजनाको मृत्यु भएको छ । त्यसै गरी सो ठाउँमा माटोको ढिस्कोले पुरिएर ६ जना घाइते भएका छन् ।
शनिवार बिहान ८ः५० बजे घर लिपपोत गर्नका लागि माटो खन्दै गर्दा इशरा पोखरीको डिलमा माटोको ढिस्को खसेर दुईजनाको मृत्यु भएको बाराका प्रहरी प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जनाए ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक पवन पछाईंको कमाण्डमा १४ जना प्रहरी र सशस्त्र प्रहरी बल सिम्रौनगढ बारा बेशबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा थप ७ जना प्रहरी टोली घटनास्थलमा खटिएको पनि प्रहरीले जनाएका छ ।
प्रहरीका अनुसार ढिस्कोमा पुरिएका छ जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ । उद्धार पछि उपचारका क्रममा दुर्ईजनाको मृत्यु भएको पनि प्रहरीको भनाइ छ ।
सिम्रौनगढ नगरपालिका–६ सानो इटवाल निवासी ७० वर्षीया शारदा देवी महतोको उपचारका लागि कलैया प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रवक्ता पण्डितले बताए। त्यस्तै सिम्रौनगढ ५ सानो इटवाल निवासी १५ वर्षका सुनिल महतो (निरहुवा), जसलाई कलैया मेट्रो अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषित गरेका छन् ।
माटोको ढिस्को खस्दा १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीया रानी कुमारी महतो, १४ वर्षीया सुशिला कुमारी महतो, १५ वर्षीय राजा बाबु शर्मा घाइते भएका छन् । घाइतेहरूलाई सिम्रौनगढ कंकाली अस्पताल, धर्मनगर अस्पताल र कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीयहरूका अनुसार सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ छठ पर्वका तयारीका लागि माटो खन्ने क्रममा यो दुर्घटना भएको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्