काबिल सम्वाददाता
वीरगन्ज
केन्द्रीय कारागार जगनाथदेवल काठमाण्डौबाट भागेका भगौडा कैदिबन्दीलाई प्रहरीले पर्सामा पक्राउ गरेको छ । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ घर भएका ४० वर्षीय भगौडा कैदीबन्दी मुक्ति नारायण कुर्मीलाई प्रहरीले यहाँ पक्राउ गरेको हो ।
उनको कैदी आईडी नं. ३८८८१६८ भएको पर्साका प्रहरी नायव उपरिक्षक हरि बहादुर बस्नेतले बताए । ३५ बर्षीय आफ्नै श्रीमती संगिता देवी कुर्मीलाई घाँटी थिचेर कर्तव्य गरी मारेको ज्यान सम्बन्धी कसुरमा उनी कैद भुक्तान गरिरहेका थिए । सम्मानित अदालतले २५ वर्ष कैद सजाय सुनाएर कैद भुक्तान गरिरहेको समयमा उनी फरार रहेपछि पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बस्नेतले बताए ।
जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगनाथदेवल काठमाण्डौबाट गएको भदौ २४ गते उनी फरार भएको प्रहरीको भनाइ छ । कारागारबाट फरार कैदीबन्दी कुर्मीलाई गएको मंगलबार (असोज ७ गते ) साँझ ७.३० बजे निजकै घरमा लुकिछिपी बस्दै आएको समयमा बिशेष सूचनाको आधारमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्