काबिल सम्वाददाता
वीरगन्ज
हैजा लगायतका तमाम बिरामी बढ्दा रगतको अभाव देखिन थालेपछि वीरगन्जको अलि हस्पिटल प्रा.लि.ले रक्तदान कार्यक्रम आयोजना गरेको छ । सानो–सानो प्रयासबाट ठूलो समस्या पनि हल हुने निष्कर्ष सहित हस्पिटलले रगत अभावको समस्यामा पनि सानै भए पनि योगदान गर्न रक्तदानको आयोजना गरेको जनाएको हो ।

रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका निर्वतमान उपाध्यक्ष युवराज खड्का सहित १८ महिला र २७ पुरुष गरी ४५ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्ने महिलाहरुमा सविना खातुन, ममता चौधरी, प्रियंका चौधरी, सरु राई, प्रतिमा चौधरी, सुनिता कुमारी राय, लक्ष्मी गुप्तालगायत रहेको अली हस्पिटल प्रा.लि.का प्रवन्धक रुस्तम अलीले बताए । त्यसैगरी पुरुषहरुमा पनि महासंघका पूर्व उपाध्यक्ष खड्का, सकिल अख्तर, सहिल सिंह, छोटेलाल जयसवाल, मुकेश ठाकुर, विजय यादव, जितेन्द्र पडित, डा.सारुक हवारी, डा.रंजय जयसवाल, डा.ओम साह, परवेज अहमद, अमरुद्दिन अंसारी, किशोरी यादव लगायत रहेको पनि उनले जनाए ।

वीरगन्जमा हैजा लगायतका बिरामी बढेका कारण बिरामीलाई चाहिने रगतको अभावलाई मध्यनजर गरी रक्त संचार केन्द्रलाई रगत आपूर्तिमा थोरै सहयोग गर्न भए पनि खुल्ला रक्तदान आयोजना गरिएको अली हस्पिटलका प्रवन्ध निर्देशक डा.रोशन अलीले बताए । एक दिनको भए पनि रगतको अभाव टार्न यो हस्पिटलको पनि योगदान रहोस् भनी जमर्को गरिएको उनको भनाइ छ ।
रक्तदान कार्यक्रम समय सापेक्ष रहेको भनी सो कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदी, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्की, एमालेका चर्चित नेता तथा समाजसेवी बाबुजान अली, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज तुलसी भण्डारी, वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रदिप चौरसिया, वीरगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गोपाल केडिया, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईं लगायत स्थानीय बुद्धिजिबी, समाज सेवी लगायतको
प्रतिक्रिया लेख्नुहोस्