spot_img

ताजा अपडेट

अवाञ्छित गतिविधि गर्ने १६ जना पक्राउ

वीरगंज, १४ साउन । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ जानकीटोलस्थित नेपाल–भारत सीमानाकामा अवाञ्छित गतिविधी गरेको आरोपमा १६ जना लागूऔषध दुव्र्यसनीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय जानकीटोलाको प्रहरी टोलीले जानकीटोला नाकामा बुधवार चेकजाँच गर्ने क्रममा भारतबाट लागू औषध सेवन गरेर आउने र नाकामा प्रहरीसंग अभद्र व्यवहार गर्ने १६ जनालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् । पक्राउ पर्नेहरूमा पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १७ का २५ वर्षीय सुजित पटेल र ३० वर्षीय राहुल यादव, वडा नम्बर २३ का २७ वर्षीय श्यामसुन्दर यादव र २४ वर्षीय ऐजे दास, वडा नम्बर २१ का २५ वर्षीय फिरोज अन्सारी र २३ वर्षीय देवनारायण राम, वडा नम्बर १३ का २६ वर्षीय सुमित कुशवाहा, वडा नम्बर १४ का २९ वर्षीय दीनानाथ पटेल, वडा नम्बर १४ का २५ वर्षीय दिपेन्द्र पासवान, विन्दवासिनी गाउँँपालिका वडा नम्बर २ का २७ वर्षीय नितेश मुखिया, ठोरी गाउँपालिका वडा नम्बर ४ का २७ वर्षाीय रोहन बुढाथोकी र धोबिनी गाउँपालिका वडा नम्बर ३ का २९ वर्षीय रिजवान हवारी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का २८ वर्षीय मनुप अछामी र २६ वर्षीय टलक बहादुर के.सी.,सिरहाको धनगढीमाई नगरपालिका–१० का २८ वर्षीय दिनेश कुमार श्रेष्ठ, धनुषाको छिरेश्वर नगरपालिका–१ का ३५ वर्षीय जितेन्द्र कुमार यादवलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए । सीमापारी भारतका बजारमा गएर लागूऔषध सेवन गर्ने तथा बोकेर ल्याउने दुव्र्यवसनीहरू इनर्वा नाका छाडेर जिल्लाको ग्रामीण भेगका नाकातिर विस्थापित भएको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय पर्साले बुधवारदेखि विशेष अभियान सञ्चालन गरी एकै दिन १६ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । उनीहरूविरूद्ध सार्वजनिक शान्ति विरूद्ध अन्तर्गतको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ