काबिल सम्वाददाता
पर्साको वीरगन्ज–२५ सिर्सियामा रहेको साविकको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय आज (साउन १ गते) देखि वीरगन्ज भन्सार कार्यालय मातहत आएको छ । वीरगन्ज भन्सारमा गाभिएसँगै एकीकृत कार्यालयबाटै साउन १ गते बिहिबारदेखि सेवा पनि संचालनमा आएको छ । गएका २१ वर्ष आफ्नो अलग्गै स्वामित्वमा रहेको मुलुकको पहिलो सुख्खा बन्दरगाह आइन्दा वीरगन्ज भन्सार कार्यालय मातहत रहेने भएको हो ।
वीरगन्ज भन्सार अन्तर्गत यो भन्दा पहिले एकीकृत जाँचचौकी पनि थियो । एकीकृत जाँचचौकीमा चक्कावाल सवारी साधानबाट आएका वैदेशिक व्यापार अन्तर्गतका मालवस्तु तथा सामान आयात–निर्यात गर्ने गरिन्छ । यता सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भने तेस्रो मुलुकबाट आयात निर्यात हुने मालबस्तु रेल्वे ¥याकबाट ल्याउने लाने गरिन्छ ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले संघीय सरकारको निर्णय अनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालय आइन्दा वीरगन्ज भन्सार कार्यालयमा गाभिएको बताएका हुन् ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयले आफ्नो अलग्गै अस्तित्व हुँदाको अन्तिम आर्थिक वर्ष ०८१।०८२ ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन समेत गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्