spot_img

ताजा अपडेट

गहवामाईको तेस्रो रथयात्रा–२०८२

काबिल सम्वाददाता
           गहवामाईको तेस्रो रथयात्रा–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । बिहिबार श्री गहवामाई मन्दिरपार्कमा आयोजित पत्रकार सम्मेलनमा गहवामाई तीर्थ क्षेत्र विकास समितिले तयारी पूरा भएको जनाएको हो ।
तेस्रो रथयात्रा भोली शुक्रवार बिहान ७ः३० बजे मन्दिर परिसरबाट निकालिने आयोजक समितिका अध्यक्ष श्याम पोखरेलले बताए । रथको शोभायात्रा विगतमा झैं पूर्ववत स्थानमा नै निकालिने समितिका महासचिव लक्ष्मी नारायण गुप्ताले पनि बताए । शोभायात्राको सुरक्षा र व्यवस्थापन सम्बन्धी विस्तृत जानकारी दिँदै आयोजकले यस पटकको कार्यक्रमका लागि करिब २५ लाख रुपियाँ खर्च हुने पनि दावी गरेको छ ।
सो शोभा रथयात्राको सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता सहित जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नगर प्रहरी तथा अन्य सुरक्षा निकायसँग विभिन्न चरणमा छलफल गरी आपसी समन्वय गरेर कार्यक्रम सफल पार्ने पनि जनाइएको छ । शोभा यात्रामा करिब ६ सय स्वयंसेवक परिचालन गरिने पनि आयोजकले जनाएको छ ।
शोभा रथयात्राको क्रममा ५० भन्दा बढी स्थानमा पिउने पानी, सर्बत, जुस तथा चिसो पेय पदार्थको स्टल राखिने र शनिवार हुने महाप्रसाद भण्डारा कार्यक्रममा पनि करिब १५ वटा स्टल मार्फत भव्यरूपमा प्रसाद वितरण गरिने आयोजक समितिले सार्वजनिक गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ