वीरगंज, ८ असार ।
जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाईकल सहित एकजनालाई पक्राउ गरेको छ । हिजो असार ७ गते ५ बजे वीरगंज महानगरपालिका वडा नं.९ रानीघाट बस्ने शंकर प्रसाद तेलीको नाममा दर्ता रहेको मधेश प्रदेश –०३–०३६ प ८५१७ नम्बरको मोटरसाईकल सहित अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।
अभियुक्तले आफ्नै घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी मोटरसाइकल चोरी गरेको खुलेको छ । सो मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले रौतहट जिल्ला फतुवा बिजयपुर न.पा.वडा नं. ८ घर भई हाल जिल्ला बारा बारागढी गा.पा.वडा नं.८ बस्ने वर्ष २७ को छोटेलाल सहनीलाई पक्राउ गरेको पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए ।
पक्राउ परेका सहनीलाई चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।

प्रतिक्रिया लेख्नुहोस्