spot_img

ताजा अपडेट

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार ।
        आफ्नै पत्नीको घाँटी थिचेर हत्या गर्ने पतिलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । उनले आफ्नै घरको आफू सुत्ने कोठामा श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा निजको निवासबाटै पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
गएको असार ७ गते राति पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.४ जगरनाथपुरका २३ वर्षीय सफिराजा मियाँकी श्रीमती २१ वर्षीय लालबीबी खातुनको कोठामा शंकास्पद अवस्थामा मृत्यु भएको फेला परेको थियो । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा घटनास्थलमा गएको प्रहरीको टोलीले लाशजाँच मुचुल्का लगायतका कार्य पूरा गरी शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको थियो । घटना अनुसन्धानको क्रममा सोही समयमा सफिराजा मियाँलाई पनि नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको हो ।
यो घटनाको अनुसन्धान गर्दै जाँदा मृतकका श्रीमान सफिराजा मियाको संलग्नता देखिएको पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । घटनामा संलग्न देखिएपछि अभियुक्त मियाँलाई ज्यान सम्बन्धी कसुरमा असार ८ गते पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपगरी अझ अनुसन्धान भइरहेको पनि उनको भनाइ छ ।
प्रहरीले अनुसन्धानको क्रममा श्रीमान श्रीमतीबीच मनमुटाव रहेको र लामो समयदेखि एक अर्काबीच बोलचाल नभएको तथा हत्या हुनुको मुख्य कारण रिष, द्वेष रहेको खुलेको पनि पर्सा प्रहरीले जनाएको छ । श्रीमान लामो समयदेखि बाहिरबाट काम गरी घर आउँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, कुनै वास्ता नगर्ने गरेको गरेको कारण दुवैबीच विवाद भई हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको पनि पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ