spot_img

ताजा अपडेट

लाखौं रकम लिई नाबालिग छोरीको विवाह गराएको आरोपमा आमा पक्राउ

वीरगंज, ५ असार । पर्सा जिल्लाको शिबर्वाबाट लाखौं रकम लिएर आफनै नाबालिग छोरीको बाल विवाह गराएको आरोपमा एकजना आमालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । चार लाख असी हजार रुपियाँ लिई उमेर नपुगेको तथा छोरीको उमेरभन्दा तीन गुणा बढी उमेर भएका पुरूषसँग बालविवाह तथा अन्तरजातीय विवाह गराएको प्रहरीले जनाएको छ । असार १ गते बिहान ८ बजे सो महिलाले नाबालिका छोरीको बाल विवाह गराएको जाहेरीको आधारमा प्रहरीले असार ४ गते आमालाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति गराई अनुसन्धान थालेको छ । प्रहरीले आमा, छोरी र पुरुषको नाम गोप्य राखेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ