spot_img

ताजा अपडेट

योग दिवसको अवसरमा जनकपुरमा योग शिविर

जनकपुरधाम, ५ असार । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजले बिहीवार जनकपुरधामको तिरहुतिया गाछीमा एक भव्य योग शिविरको आयोजना गरेको छ । महावाणिज्य दूतावासद्वारा आयोजित यो शिविर श्रृंखलाको चौथो कार्यक्रम हो । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले योगले शारीरिक र मानसिक स्वास्थ्यमा पुर्याउने योगदानवारे चर्चा गर्दै जनकपुरधामजस्तो सांस्कृतिक शहरमा यस्तो कार्यक्रम आयोजना गरेकोमा महावाणिज्य दूतावासलाई धन्यवाद दिए। मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल र जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोज कुमार साहले योगप्रति जनचेतना फैलाउन तथा नेपाल–भारत सम्बन्ध सुदृढ पार्न महावाणिज्य दूतावासको पहलको सराहना गरे । महावाणिज्यदूत देवी सहाय मीनाले सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा नेपाल सहित १७७ सदस्य राष्ट्रहरूले सह–प्रायोजित प्रस्ताव पारित भएपछि अन्तर्राष्ट्रिय योग दिवसको शुरूवात भएको जानकारी गराए । उनले समयसँगै योगले भौगोलिक, सांस्कृतिक र भाषिक अवरोधहरू पार गर्दै विश्वव्यापी रूप लिएको बताए । यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको मुल नाराः एक पृथ्वी, एक स्वास्थ्यको लागि योग र यसको महत्वको वारेमा पनि जानकारी गराए । कार्यक्रममा प्रदेश सांसद, सरकारी अधिकारी, शिक्षक–विद्यार्थी, पतञ्जलि योग समितिका प्रतिनिधि तथा सर्वसाधारण गरी करीब ७०० जनाको सहभागीता रहेको थियो । नेपाल–भारत मैत्री संघ, पतञ्जलि योग समिति लगायत विभिन्न संस्थाको सहकार्यमा सम्पन्न कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति महावाणिज्य दूतावासले आभार प्रकट गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ