spot_img

ताजा अपडेट

द्विपक्षीय व्यापार सम्बन्ध विस्तार सम्बन्धी छलफल

वीरगंज १ असार । वीरगंज उद्योग वाणिज्य संघ र मोतिहारी चेम्बर अफ कमर्श बीच द्विपक्षीय व्यापार सम्बन्ध विस्तार (बीटुबी) सम्बन्धी छलफल भएको छ । भारतको पूर्वी चम्पारण, मोतिहारीमा आयोजित व्यापार बिस्तार सम्बन्धी कार्यक्रममा उद्योग, व्यापार, पर्यटन लगायतका क्षेत्रहरूको खस्किँदो अवस्थालाई दृष्टिगत गरेर नेपाल भारतका सिमाञ्चल क्षेत्रमा रहेको औद्योगिक एवम् व्यापारिक विस्तार (बीटुबी) सम्बन्धमा छलफल भएको हो । कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले वीरगंजको बढ्दो महŒव, यसले बोकेको सम्भावना र मुलुककै आर्थिक उन्नयनमा खेलेको भूमिका उजागर गर्दै यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा औद्योगिक लगानी गर्न चाहनेहरूको लागि वीरगंज अत्यन्तै उपयुक्त ठाउँ रहेकोले लगानी गर्न आग्रह गर्नुभयो । अध्यक्ष गौतमले नेपालको भौगोलिक विविधताका कारण विश्वका जुनसुकै मुलुकबाट आउने पर्यटकले रोजे अनुसारको हावापानी पाउने भएकोले जोसुकैको लागि नेपाल आकर्षणको केन्द्र बनेको बताउँदै पर्यटकको रूपमा नेपालका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गर्न आग्रह गर्नुभयो । मोतिहारी चेम्बर अफ कमर्शका अध्यक्ष अंगद सिंहले वीरगंज नेपालको प्रमुख औद्योगिक क्षेत्र रहेको र कुल राजस्वको करिब ५० प्रतिशतभन्दा बढी योगदान रहेको र औद्योगिक लगानीको लागि पर्याप्त सम्भावना रहेकोले इच्छुकहरूलाई वीरगंज क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । साथै वीरगंज औद्योगिक विकासमा धेरै नै अगाडि बढिसकेकोले त्यहाँका उद्योगहरूले अपनाई रहेका प्रविधिहरू भित्रयाउन समेत आग्रह गर्नुभयो । सोही अवसरमा आयोजित बीटुबी मिटिङ्गमा दुवै चेम्बरका सदस्यहरू तथा मोतिहारी र वीरगंजका उद्योगी, व्यवसायीहरूले आ–आफना उद्यम, व्यवसायसँग सम्बन्धीत विषयहरूमा व्यापक छलफल गरेका थिए । मोतिहारी चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्योगी, व्यवसायीहरूले राखेका जिज्ञासाको जवाफ सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपालले विस्तार रूपमा दिनु भएको थियो । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष मनोजकुमार दास, महासचि शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोज रूँगटा, सचिव प्रेमचन्द्र गोयल, सह–सचिवद्वय नरेश टिबडेवाल र अनुप अग्रवाल, कार्यसमिति सदस्य दीपक टिबडेवाल, मनोज कुमार शर्मा, पन्नालाल साह, प्रमोदकुमार चौरसिया लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ