तीन जना बिरामी रोगमुक्त
काबिल सम्वाददाता
वीरगन्ज
वीरगन्जस्थित न्युरो तथा जनरल अस्पतालले मधेश प्रदेशमा नै पहिलो पटक इस्केमिक स्ट्रोक (पक्षाघात÷लकवा) को थ्रोम्बोलाइसिस प्रक्रियाबाट सेवा सुरु गरेको छ । यो सेवा सम्भवतः मधेश प्रदेशमा नै पहिलो भएको पाइएको हो ।
थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको सेवा सुरु वीरगन्ज न्युरो तथा जनरल अस्पतालमा हालसम्म तीन जना बिरामीले थ्रोम्बोलाइसिस प्रक्रियाबाट सफलतापूर्वक उपचार सेवा पाइसकेको अस्पताका न्यूरो सर्जन डा.श्यामबाबु प्रसादले बताए । अस्पतालका प्रमुख समेत रहेका डा. श्याम बाबु प्रसादले यो सेवा मधेश प्रदेशको स्वास्थ्य क्षेत्रका लागि ठूलो उपलब्धी भएको पनि दावी गरे । यसअघि थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार भएको कुनै रेकर्ड थिएन । ‘वीरगन्जको चिकित्सा क्षेत्रका लागि पनि यो झन ठूलो कदम हो’ डा.श्यामबाबु प्रसादको दावी छ ।
मस्तिष्कमा रक्तसञ्चार बन्द गर्ने रगतको थोपा हटाउन अथवा पगाल्न थ्रोम्बोलाइसिस उपचार विधि अपनाइन्छ । यस्तो विधिमा औषधिको प्रयोग हुने पनि उनको भनाइ छ । थ्रोम्बोलाइसिस इस्केमिक स्ट्रोकको उपचारका लागि प्रभावकारी विधि पनि मानिने डा.श्यामबाबु प्रसादले बताए । मस्तिष्कमा रगत पु¥याउने धमनीमा अवरोध भएपछि इस्केमिक स्ट्रोक हुने गर्दछ । बिरामीमा लक्षण देखिएको साढे चार घण्टा भित्र अस्पतालमा ल्याइपु¥याउन सके यो लक्वा तथा पक्षघात रोगबाट बिरामीलाई बचाउन रोकिने पनि डा.श्याम बाबु प्रसादको तर्क छ ।
स्ट्रोकका लक्षणहरूमा अचानक कमजोरी हुने, बोल्न गाह्रो हुने वा अनुहार बाङ्गिने जस्तो जस्ता लक्षण हुन्छन् । यस्तो भएमा तुरुन्त अस्पतालमा ल्याउन सके बिरामीको जीवन सुरक्षित गर्न सकिने पनि अस्पतालले शनिबार यहाँ पत्रकार सम्मेलन गरेर जनाएको छ । यस्ता बिरामीका लागि अन्य उपचार विधिको तुलनामा थ्रोम्बोलाइसिस विधि छिटो र सस्तो पनि हुने न्यूरो सर्जन डा.श्यामबाबु प्रसादको दावी छ । नेपाल सरकारबाट पनि थ्रोम्बोलाइसिस उपचार विधि स्वीकृत भएको र अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनहरूले समेत मान्यता दिएको न्यूरो अस्पतालका प्रमुख डा.डा. श्याम बाबुले जनाए ।
थ्रोम्बोलाइसिसको सुरुवात वीरगन्जमा हुनु यहाँको स्वास्थ्य क्षेत्रका लागि एउटा कोशेढुंगा हुने पनि यहाँको स्वास्थ्य क्षेत्रका जानकारहरुको पनि तर्क छ । राजधानी काठमाडौं अथवा भारत जस्ता ठाउँमा पुगी यहाँका बिरामीले इस्केमिक स्ट्रोकको महंगो सेवा लिने बाध्यकारी अवस्था पनि यसले न्यूनिकरण भएको उनीहरुको भनाइ छ ।