काबिल सम्वाददाता
वीरगन्ज
वर्तमानमा शीप र अतिरिक्त ज्ञान सहितको शिक्षा प्राप्तिको खुब चर्चा हुने गरेको छ । राज्यको लगानी पनि शिक्षातर्फ घटेको छैन । राज्यले लगानी गरेका सरकारकी विद्यालयमा प्राविधिक शिक्षा भन्दै समयसापेक्ष शीप सहितको शिक्षा पनि दिन थालिएको छ । तथापि विद्यार्थीको नतिजाको परिणाममा भने सामूदायिक विद्यालयहरुको अवस्था विचरादिन छ ।
नीजि विद्यालयका शिक्षककोभन्दा बढि तलब खाएका र लोकसेवा आयोग पास गरेका शिक्षकहरुले पढाएका, भविष्य देखाएका भनिएका विद्यार्थी अनुतिर्ण हुने क्रम झन लाजमर्दो छ । त्यहाँ बिषय शिक्षकको समेत चर्को बहस चुलिएकै हुन्छ । तर नीजिका शिक्षक शिक्षिकाको हकमा भने त्यो कुराको चर्चा हुँदैन । तथापि लोकसेवा नै पास गर्न नपरी नीजि विद्यालय व्यवस्थापक र प्रिन्सिपलको चाहना अनुसार अध्यापन गराउन राजी त्यहाँका शिक्षिक शिक्षिकाको तत्परताले नीजिका विद्यार्थीमा आएको परिवर्तन निकै लोभलाग्दो देखिएको हो ।
यस्तै विद्यालय मध्येको एक भेटिएको छ पर्साको ज्ञान्दा एकेडमी । यो विद्यालयका कक्षा १२ का विद्यार्थीको आयोजनामा कक्षा ११ का आगन्तुक विद्यार्थीलाई गरिएको स्वागत कार्यक्रम निकै भलिभाँतीको देखिएको छ । त्यहाँका विद्यार्थीले गरेको अतिरिक्त क्रियाकलाप तर्फको यो दरिलो पक्ष उजागर भएको हो । विद्यार्थीकै आयोजनामा ज्ञान्दा एकाडेमी यो उपस्थितिले शिक्षाको ‘आधार’ सँगै अतिरिक्त क्रियाकलापमा पनि निकै अब्बल रहेको आभाष मिलेको छ । राम्रो लगानी गरेको भनिएको सरकारी विद्यालयलाई यस्ता कार्यक्रमले झन गिज्याइरहेको हुन्छ । त्यतिमात्र नभई परिणाम नदिई पारिश्रमिक मात्र बुझाइरहेको राज्यको नियमनकारी निकाय, त्यसका अगुवा र नीजिसँग बाँगो औला गरी उल्टै केही अल्झन गराउने कर्मचारीको कमजोरी तर्फ पनि प्रश्न तेर्सिएको छ ।
पर्साका नीजि विद्यालयहरु मध्ये पूर्वाधारका सन्दर्भमा पनि अब्बल छँदैछ ज्ञान्दा । तर पूर्वाधारको प्रचुरताले मात्र शिक्षाको गुणस्तरीयतामा आकर्षण थपिदैन । विद्याथी केन्द्रित अतिरिक्त ज्ञान शिप सहितको शिक्षा आजको आवश्यकता हो त्यो त्यहाँका शिक्षक, शिक्षिकाको लगशिलताले नै मार्गनिर्देश पनि गर्ने हो । त्यो झल्को ज्ञान्दाले दिएको छ ।
त्यहाँका कक्षा १२ का विद्यार्थीहरुको आयोजन र सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रहेका मेडिसिटी अस्पतालका उपाध्यक्ष विजय रिमालले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अब्बल शिक्षाले नै हो भन्ने अभिव्यक्ति दिए । त्यहाँका विद्यार्थीको अनुशासित शैली र कार्यप्रस्तुतिले पनि केही संकेत मिलेको भन्दै उनले ती विद्यार्थीलाई आगामी दिनमा अझ सकृय भएर लाग्न सुझाव समेत दिएका थिए । त्यसै गरी नेशनल मेडिकल कलेजका डाक्टर रविशंकर गुप्ता, लगायतका वक्ताहरुको विचार र अभिव्यक्तिले पनि विद्यार्थीहरुलाई अझ सकारात्मक संन्देश तर्फ थप प्रेरणा दिएको छ ।
प्याव्सन पर्साका उपाध्यक्ष शिवजी गुप्ता, गौतम मा.वि.का संचालक सोनम लामा, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष एवं राजधानी दैनिकका मधेश व्यूरो प्रमुख तुलसी भण्डारी, सामाजिक अभियन्ता प्रकाश थारु, प्राध्यापकहरु राम खनाल, प्रेम पटेल लगायतको उपस्थिति रहेको सो कार्यक्रम ज्ञान्दा एकेडमीका सिइओ राजेन्द्र कोइरालाको अध्यक्षतामा भएको थियो । सो कार्यक्रमको सहजीकरण, स्वागत मनतव्य, धन्यवाद र सांस्कृतिक प्रस्तुतिमा ज्ञान्दाका विद्यार्थीहरुले देखाएको दरिलो उपस्थिति अरु विद्यालयहरुको हितमा पनि अनुकरणीय हुनेसंकेत मिलेको सहभागीहरुले जनाएका छन् ।