spot_img

ताजा अपडेट

आपराधमा संलग्न फरार सबले घुँडा टेक्ने

काबिल सम्वाददाता
   वीरगन्ज
कर्तव्य ज्यान लगायतका विभिन्न मुद्दामा संलग्न भई फरार रहेका प्रतिवादीहरु अब उम्किन नसक्ने भएका छन् । अपराधका घटनामा संलग्न भई वषौंदेखि भाग्दै–लुक्दै र उम्किदै आएकाहरुले अब घुँडा टेक्नै पर्ने भएको छ । पछिल्लो समय पर्सा प्रहरीको कडा निगरानीका सामु सबै कानूनी दायरामा आउन बाध्य हुने भएका हुन् ।
आफ्नो कार्य सम्पादनलाई चुस्त राख्न पर्सा प्रहरीले अपनाएको कडा नीतिका कारण कर्तव्य ज्यान लगायतका घटनामा संलग्न भई फरार प्रतिवादी कसैलाई नछाडिने पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । त्यस्ता फरार मध्ये सोमबार पनि पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५ का सिकेन्द्र प्रसाद चौहान पनि पर्सा प्रहरी सिकन्जामा परेको भेटिएको छ । उनी विगत ३ वर्षदेखि फरार थिए । पर्सा प्रहरीले सुक्ष्म निगरानी राखी उनलाई पक्राउ गर्न सफल भएको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक लम्सालले बताए । कर्तव्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका ती प्रतिवादीलाई पक्राउ गरी पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अुनसन्धान भइरहेको उनको भनाइ छ । ‘कसैले कानूनलाई लल्कार्न खोज्छ भने यो कुरा प्रहरीलाई सह्य हुदैन । कार्यान्वयन गराउने भूमिकामा रहेको प्रहरीले अब कसैलाई उम्किन दिंदैन’ उनले भने ।
२०७९ साल बैशाख ९ गने पर्साको पोखरिया नगरपालिका ४ बाल उद्यान अंग्रेजी बोर्डिङ्ग स्कूलको प्राङगणमा आपसी झगडा हुँदा पोखरियाकै वडा नम्बर ६ श्रीसिया बस्ने शंकर प्रसाद महतो चाईको टाउकोमा गम्भिर चोट लागेको थियो । पछि उनको काठमाण्डौको शहिद गंगालाल अस्पतालमा उपचारका क्रममा २०७९ असार ११ गते निधन भएको थियो । सो घटनामा प्रत्यक्ष संलग्न रहेको किटानी जाहेरी पछि चौहान भाग्दै उम्किदै आएका रहेछन् । पर्सा प्रहरीको कडा निगरानीले प्रतिवादी चौहान सोमबार पक्राउ परेको पर्सा प्रहरीको तर्क छ ।
मृतक शंकर महतो चाईको छोरा र पोखरिया नगरपालिका ५ सतवरिया बस्ने सुभाष प्रसाद चौहानको छोरीको परम्परागत विवाह २०७६ बैशाख ४ गते हुँदा बेहुली विदाई गर्न सो बेला नमानेको मनमुटावको ईसु २०७९ मा बल्झिएर घटना २०७९ मा भएको रहेछ प्रहरीले विस्तृतमा जनाएको छ ।
यस्ता व्यक्तिगत र पारिवारिक तथा अन्य आपराधिक घटनामा प्रत्यक्ष अप्रत्यक्ष संलग्न भई फरार सयौं प्रतिवादीहरुलाई पर्सा प्रहरीले यो आर्थिक वर्षमा नै पक्राउ गर्न सफल भएको भेटिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा पर्सा प्रहरीले कुल ९ सय ३९ जनालाई त नियन्त्रणमा लिईसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक लम्सालले बताए । प्रहरीको तथ्याँकमा प्रतिवादी र न्यायालयबाट कसुरदार ठहर भई फरार रहेकाहरुलाई नियन्त्रणमा लिई कानूनी दायरामा ल्याउँदा चालु आर्थिक वर्षमा मात्र ५९ वर्ष ५ महिना १ दिन कैद भुक्तान भएको उनले खुलासा गरे । यसै गरी विभिन्न मुद्दामा दोषी ठहर भई दण्डित भएका कसुरदारहरुबाट चालु आ.ब.मा नै ३ करोड ९७ लाख ४७ हजार २८ रुपैया पनि संकलन भएको पर्सा प्रहरीले जनाएको छ ।
पछिल्ला तीन आर्थिक वर्षभन्दा यो तथ्याँक उच्च रहेको भेटिएको छ । गएको आर्थिक वर्ष अर्थात ०८०÷०८१ मा १ हजार २ सय ३० जना कसुरदार पक्राउ पर्दा पनि कैद भुक्तान र जरिवाना असुल चालु आर्थिक वर्षकोभन्दा कम रहेको तथ्याँकले बोलेको छ । अर्थात कैद तर्फ ३५ वर्ष ५ महिना १८ दिन र जरिवाना तर्फ ७६ लाख ६ हजार ३ सय ५१ रुपैया मात्र भएको प्रहरीको तथ्याँकमा उल्लेख छ । त्यसै गरी त्यो भन्दा अघिल्लो वर्ष पनि कैद तर्फ २७ वर्ष ६ महिना ७ दिन भुक्तान भएको पाइएको छ । जरिवाना तर्फ पनि १ करोड ३९ लाख ८० हजार ७ सय ५३ मात्र असुर भएको भेटिएको हो । आ.ब. ०७९÷०८० मा फरार रहेका कसुरदार तथा प्रतिवादीहरु मध्ये कुल ८ सय ६७ जना मात्र पक्राउ परेको पनि पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले बताए । चालु आ.ब.मा भने प्रहरीले अझै तीन महिना कार्य सम्पादन गर्दा थप तथ्याँक बढ्न सक्ने उनको तर्क छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ